राजनीति

केन्द्रीय सदस्य बागमती प्रदेश खुलामा रञ्जित र केसी निर्वाचित

इकागज |
पुस ६, २०७८ मंगलबार १८:१३ बजे

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय बागमती प्रदेश खुला २ पदको लागि भएको निर्वाचनमा ध्यानगोविन्द रञ्जित र राजेन्द्र कुमार केसी निर्वाचित भएका छन् ।   २ पदको लागि भएको निर्वाचनमा रञ्जितले २४१९ र केसीले २१२९ मत ल्याएर विजयी बने । ध्रुवप्रसाद अधिकारी २१११, रमेश धमला १६८४, निमाग्याल्जेन शेर्पा ३७५, मनोज राना २४५ मत ल्याएर हार व्यहोरे ।  ४६५८ मत खसेकोमा ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।    



Author

थप समाचार
x