राजनीति

कांग्रेस खुला महिला केन्द्रीय सदस्यमा ९१ वर्षकी शान्ति कार्की पनि पराजित

इकागज |
पुस ५, २०७८ सोमबार २१:३४ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सबैभन्दा जेठो उमेरकी उम्मेदवार शान्ति कार्की पराजित भएकी छन् । ९१ वर्षकी कार्कीले महिला खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन् । आज सोमबार सार्वजनिक महिला खुला केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कार्कीले २६० मत पाएर २७औँ नम्बरमा परिन् । कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा ९ जनाको लागि ३० जना चुनावी मैदानमा थिए । 

पार्टी कार्यालय सानेपामा भएको मतगणनामा डिलाले संग्रौलाले सबैभन्दा धेरै लोकप्रिय मत २८८५ मत ल्याइन् । त्यस्तै पुष्पा भुसालले २७१८ मत ल्याइन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवा २५३६ मत ल्याएर निर्वाचित भइन् ।


त्यस्तै अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४, रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । अरु भने पराजित भए । 


Author

थप समाचार
x