राजनीति

कतारी राजालाई​ विमानस्थलमा ‘गार्ड अफ अनर’ [तस्बिरसहित]

इकागज |
बैशाख ११, २०८१ मंगलबार १७:५ बजे

तस्बिरहरू : रासस

काठमाडौँ- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । अमिर चढेको विमान ३ :४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरेका थिए । त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।


आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।


Author

थप समाचार
x