राजनीति

कांग्रेसकाे कार्यसम्पादन बैठक भाेलि बस्ने

इकागज |
चैत २०, २०८० मंगलबार १९:५४ बजे

काठमाडौँ- नेपाली कांग्रेसकाे कार्यसम्पादन बैठक भाेलि बुधबार बस्ने भएको छ । 

आजकाे बैठक बस्न नसकेपछि बैठक भाेलि ४ बजेका लागि बाेलाइएकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।


इलाम-२ र बझाङकाे प्रदेश सभा उपनिर्वाचनका लागि उम्मेदवार छान्न कार्यसमिति बैठक डाकिएकाे हाे । 

आजकाे बैठकमा नेताहरूबीच सहमति हुन नसकेपछि बैठक नै बस्न सकेन ।


Author

थप समाचार
x