राजनीति

संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी

इकागज |
चैत १८, २०८० आइतबार ९:३७ बजे

 काठमाडौं - संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो । 

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।


बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।


Author

थप समाचार
x