राजनीति

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

इकागज |
फागुन १७, २०८० बिहीबार १५:३९ बजे

काठमाडौँ - कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । 

फागुन १७ गते प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले काठमाडौंको तीनकुनेमा प्रदर्शनसहित सभा गरेको हो । 


कालो झण्डासहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमांकन गर् लगायतका नारा लगाएका थिए । उनीहरुले १ नंवर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रुपमा मनाएको जनाएका छन् ।

गत बर्ष फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो । कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो । प्रदेश १ को नाम कोशी भएपछि एक वर्षदेखि पहिचान पक्षधरले विरोध गर्दै आएका छन् । 


Author

थप समाचार
x