राजनीति

बागमती प्रदेशमा सत्ता गठबन्धनका चार उम्मेदवार विजयी

इकागज |
माघ ११, २०८० बिहीबार १८:२८ बजे

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उम्मेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी) बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् । 


पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी भएका छन् ।


Author

थप समाचार
x