राजनीति

गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति

इकागज |
मंसिर २३, २०८० शनिबार १७:३४ बजे

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल पुगेर भेटेकी छन् ।

शनिबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्वराष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठलाई भेटेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


भेटमा पूर्वराष्ट्रपतिले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएकी थिइन् ।

हाल उनको गंगालालको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


Author

थप समाचार
x