राजनीति

यू-१९ क्रिकेट टिमका खेलाडीहरूले दुई दिनभित्र पूर्वघोषित पुरस्कारको रकम पाउँछन् : मन्त्री लिम्बु

इकागज |
मंसिर १९, २०८० मंगलबार १७:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू-१९ क्रिकेट टिमका खेलाडीहरूले दुई दिनभित्र पूर्वघोषित पुरस्कारको रकम पाउने दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाई गर्दै मन्त्री लिम्बुले अर्थ मन्त्रालयबाट पुरस्कारवापतको रकम स्वीकृत भइसकेको भन्दै दुई दिनभित्र खेलाडीहरूको खातामा आउने बताएका हुन् । पुरस्कार उपलब्ध गराउने सम्बन्धी विगतमा रहेको समस्या समाधान भइसकेको उनले बताए ।


मन्त्री लिम्बुले खेल जितेर आएको सातदेखि १५ दिनभित्र दिइसक्ने नीति मन्त्रालयको रहको जिकिर गरे ।

यू-१९ विश्वकपमा छनोट भएपछि सरकारले यू-१९ क्रिकेट टिमका खेलाडीलाई जनही रु तीन-तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

 


Author

थप समाचार
x