राजनीति

क्यान्सर पीडित पूर्वमन्त्री भट्टको निधन

इकागज |
असोज ५, २०८० शुक्रबार ९:१० बजे

काठमाडौँ- क्यान्सर रोगबाट पीडित पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । वीर अस्पतालमा उपचाररत भट्टको बिहीबार निधन भएको हो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत रहेका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरूमध्ये पर्छन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराउँदा भट्ट जनवादी मोर्चाको उपाध्यक्ष थिए ।


२०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि उनी सामान्य प्रशासन मन्त्री बनेका थिए । त्यसपछि भट्ट कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए ।


Author

थप समाचार
x