राजनीति

शिक्षक आन्दोलनः तनावग्रस्त बन्यो बानेश्वर (तस्बिरहरू)

अनुज बज्राचार्य |
असोज ४, २०८० बिहीबार १४:१० बजे

काठमाडौं । बुधबारबाट जारी शिक्षकहरूको सडक आन्दोलनको क्रममा बानेश्वर तनावग्रस्त बनेको छ । माइतीघरबाट बानेश्वर मार्चपास आएका शिक्षकहरुको टोली र प्रहरीबीच धकेलाधकेल हुँदा बानेश्वर–माइतीघर क्षेत्र तनावग्रस्त बनेको हो ।

माइतीघरबाट आएको शिक्षकहरुको प्रदर्शनकारी टोलीले बानेश्वरमा प्रहरीको घेरा तोड्न खोजेको थियो । प्रहरी घेरा तोड्ने क्रममा धकेलाधकेल भएको हो ।
विद्यालय शिक्षा विधेयकको विरोधमा देशैभरबाट शिक्षकहरु राजधानी पसेका छन् । हजारौंको संख्यामा रहेका शिक्षकहरुले प्रहरीको ब्यारीगेटसमेत तोड्न खोजेका छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x