राजनीति

ल्हारक्यालको पहिलो निर्णय नै विवादित

लुम्बिनी विकास कोषकाे कार्यालय काठमाडौँ खोल्ने निर्णय

मायादेवी मन्दिर जीर्णोद्धारलाई ७ करोड

इकागज |
साउन २६, २०८० शुक्रबार २१:४३ बजे

फाइल तस्बिर

बुटवल- विवादका बीच लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका ल्हारक्याल लामाको पहिलो निर्णय नै विवादित भएको छ ।

उनकै अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौँ खोल्न प्रक्रिया थाल्ने निर्णय गरेको छ । उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत ७ करोड सहयोग गर्ने लोकप्रिय निर्णय गरे । तर, सोही बैठकको दोस्रो निर्णय भने स्थानीयका लागि चरम अप्रिय बन्न पुग्यो ।


केही समय अघि मात्र कोषको काठमाडौँमा रहेको सम्पर्क कार्यालय बन्द गरी सबै काम लुम्बिनीकै कार्यालयबाट गर्ने सरकारको निर्णय थियो । तर, लामा उपाध्यक्ष भएको पहिलो बैठकमै सम्पर्क कार्यालय काठमाडौँमै खोल्न प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । जसको स्थानीय राजनीतिक दल, जनप्रतिनिधिहरूले आलोचना गरेका छन् ।


Author

थप समाचार
x