राजनीति

प्लास्टिकजन्य पदार्थको विकल्पको खाेजी हुनुपर्छ : स्वास्थ्यमन्त्री

इकागज |
जेठ २२, २०८० सोमबार १४:२३ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थको विकल्पको खोजि गर्नुपर्ने बताएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इञ्जिनियर्स एसोसिएसन नेपालले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्लास्टिक प्रदूषणको समाधानका लागि यसको विकल्पको खोजी गर्नुपर्ने बताएका हुन् । 


उनले प्लास्टिकजन्य पदार्थको विकल्पको विषय एउटा देशले मात्रै गरेर नहुने भन्दै सार्क राष्ट्र लगायतका देशले सामूहिक प्रयास गर्नुपर्ने जिकिर गरे । उनले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै जानकारी दिए ।

प्लास्टिक प्रदूषणको समाधानका लागि आवश्यक प्रचार प्रसारका साथै प्रयोगको न्यूनीकरणका लागि आवश्यक नीति बनाउनुपर्ने उनले बताए । कार्यक्रममा सहभागीहरूले प्रदूषण हुने उत्पादनलाई निरूत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।


Author

थप समाचार
x