राजनीति

पदभार सम्हालेसँगै गृहमन्त्रीले गरे दुई मुख्य निर्णय

इकागज |
चैत १७, २०७९ शुक्रबार १७:५१ बजे

काठमाडौं- ​नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै पछि दुई वटा मुख्य निर्णय गरेका छन् ।

प्रहरीको अनुसन्धानको क्रममा गृह मन्त्रालयबाट सुराकी नाममा खर्च गर्ने प्रणालीलाई खारेज गर्ने निर्णय गरेको बताउँदै उनले उक्त निर्णय आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तावका लागि लगिने बताए ।


त्यस्तै, मिटरब्याजको समस्या समाधान गर्नका लागि कानुन केही संशोधन गर्ने गरी विधेयक पारित भइरहेकाले एउटा सर्वाधिक आयोग गठन गरेर काम कारबाही अगाडि बढाउने उनले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा मन्त्री श्रेष्ठको जिम्मेवारी हेरफेर भएपछि आजबाट गृहको जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए ।


Author

थप समाचार
x