शेखर कोइरालाकाे आपत्ति : ‘यो वा त्यो बहानामा व्यक्तिगत फोन ट्याप गर्न पाईदैन’

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले व्यक्तिगत फोन ट्याप गर्ने बुँदा उल्लेख भएर आउन लागेको कानुन प्रति आपत्ति जनाएका छन् ।
नागरिकको गोपनियता सरकारको निगरानी र नियन्त्रणमा रहने गरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन् ।
‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’
राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया