राजनीति

उदयपुर-१ मा स्थगित भएको मतगणना अझै सुरु भएन

इकागज |
मंसिर ११, २०७९ आइतबार २१:६ बजे

उदयपुर- उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणना भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मतगणना स्थगित भएको गणना अझै सुचारु भएको छैन । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।

आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभामा भेटिएको थियो । गणना स्थगित गरेर सर्वदलीय बैठकमार्फत समाधान खोज्ने काम भइरहेको तर, निष्कर्ष ननिस्किएको बताइएको छ ।


अन्तिम चरणमा पुगेका बेला समस्या आएपछि गणना रोकेर छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले जानकारी दिए । उनले त्रियुगा नगरपालिका ५ देउरी र श्रीपुर केन्द्रका १० मध्ये ७ वटा मत पेटिकामा ती मतपत्र भेटिएको आरोप छ ।
    


Author

थप समाचार
x