राजनीति

प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री सुरुवातमै परे पछि

बहालवाला मुख्यमन्त्रीको अन्तर फराकिलो बन्दै

बाबुराम भण्डारी |
मंसिर ६, २०७९ मंगलबार १३:२५ बजे

विराटनगर- प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री सुरुवाती चरणमै पछि परेका छन् । जारी मतगणनाको परिणामअनुसार भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईलाई गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले पछि पारेका छन् ।

राईले अहिलेसम्म किराँतीलाई पछ्याइरहेका छन् तर अगाडि बढ्न सकेका छैनन् । ४ हजार ७७५ मत गणना हुँदा एमाले स्थायी कमिटी सदस्य राईले १ हजार ७४५ मत प्राप्त गरेका छन् । किराँती २ हजार ३१६ मतका साथ अघि अघि छन् ।


त्यस्तै प्रदेश १ का दोस्रो मुख्यमन्त्री भीम आचार्य पनि अहिले पछि परेका छन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका आचार्यसँग नेपाली कांग्रेसका सिताराम मेहताबीच सुनसरी–२ मा मुख्य प्रतिष्पर्धा हुने अनुमानका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापा सबैभन्दा अघि छन् ।

थापाले ८९४ मत पाइसकेका छन् । कांग्रेसका मेहता ७०५ मतका साथ दोस्रो र पूर्वमुख्यमन्त्री आचार्य ६३६ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।

प्रदेश १ का बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई भने भोजपुरबाट प्रदेशसभा क्षेत्र नं. (१) मा करिब दोब्बर मतले अघि छन् । नेकपा एमालेका हरिबहादुर राईले १ हजार ७७८ मत पाएका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x