राजनीति

अर्बाैँको चलखेलमा आयल निगमलाई निजीकरण गर्ने भनेर नेताहरुले नै निराधार भ्रम फैलाए : उद्योगमन्त्री

इकागज |
साउन १५, २०७९ आइतबार १५:३४ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालीन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनि धिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केही निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताएका हुन् । उनले कुन सरकारका पालामा कुनै निजी क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्‍ने सार्वजनिक गर्ने जिकिर गरे ।


अर्बाैँको चलखेलमा आयल निगमलाई निजीकरण गर्ने भनेर नेताहरुले नै निराधार भ्रम फैलाउने काम गरेको उनको भनाइ छ ।  

मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारे । अहिलको मुख्य विषय भने निगमभित्रको सुधार मात्रै भएको उनले बताए। उनले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्ब ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिए । मन्त्री बडूले पेट्रोलियम पदार्थको ढूवानी निजी क्षेत्रबाट हुने गरेको भन्दै ढूवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गरे ।

त्यस्तै मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तर्राष्ट्रिय मूल्य बन्दा कममा बिक्री गरेको जिकिर गरे । निगमलाई सरकारले सघाउने गरी नै काम गरेपनि केही समस्या भने देखिएको उनको भनाइ छ । 


Author

थप समाचार
x