दल

महाधिवेशन उद्घाटन भएको १४ दिनमा बल्ल सकियो कांग्रेसकाे मतगणना

इकागज |
पुस ८, २०७८ बिहीबार १९:५४ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो । 

महाधिवेशन उद्घाटन भएको १४ औं दिनको दिन मतगणना सकिएको हो । कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो। सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो । सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।


कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो ।  एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित केन्द्रीय सदस्यका लागि मतदान भएको थियो । 

सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । पदाधिकारी र केन्द्रीय सदस्य अन्तर्गत विभिन्न क्लस्टर अनुसार भएको मतदानमा सभापति शेरबहादुर देउवा पक्षले बहुमत बढी पदमा जित हात पारेको छ ।


Author

थप समाचार
x