दल

आदिवासी जनजातितर्फको केन्द्रीय सदस्यमा चिनकाजी र उमेश श्रेष्ठलाई धेरै मत

इकागज |
पुस ८, २०७८ बिहीबार १६:२७ बजे

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको जारी मतगणनामा आदिवासी जनजाति क्लष्टरबाट चिनकाजी श्रेष्ठ र उमेश श्रेष्ठले सबैभन्दा धेरै मत पाएका छन् । 

३,८०० मत गणना सकिदाँ चिनकाजी श्रेष्ठलाई १,८७२ र उमेश श्रेष्ठले १,७३६ मत पाएका छन् । त्यस्तै तेश्रो नम्बरमा रहेका टेकबहादुर गुरुङ्गले १,५४७ मत पाएका छन् । यो क्लस्टरबाट ८ जना निर्वाचित हुन्छन् । 


चौथोमा बहादुर सिंह तामाङ, पाँचौमा आङ्गेलु शेर्पा, छैटौंमा दिलमान पाख्रिन, सातौंमा तारामान गुरुङ र आठौंमा टेकप्रसाद गुरुङ छन् । ओमबहादुर घर्ती र जितनारायण श्रेष्ठ नवौं र दशौं नम्बरमा छन् । पहिलो आठ स्थानमा रहेका टेकप्रसाद गुरुङ शेखर कोइराला समूहका हुन् भने बाँकी सबै सभापित शेरबहादुर देउवा समूहका हुन् । 
 


Author

थप समाचार
x