दल

कांग्रेसको प्रदेश अधिवेशन

कांग्रेस प्रदेश-२ निर्वाचन : जित सुनिश्चित भएको दुवै पक्षको दाबी

इकागज |
पुस ८, २०७८ बिहीबार १५:३५ बजे

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश–२ को नयाँ नेतृत्वका लागि आज बिहान ९ बजेर ३६ मिनेटदेखि मतदान शुरु भएको छ । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार कृष्ण यादवले पहिलो मत खसाएपछि विधिवत् रुपमा मतदान शुरु भएको थियो । 

दोश्रो मत सभापतिका अर्का प्रत्यासी रामसरोज यादवले खसाएका छन् । मतदान शुरु भएसँगै दुवै सभापतिका उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । मतदानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापतिका उम्मेदवार रामसरोज यादवले भने, ‘मेरो कार्यशैलीबाट प्रदेशका ८ वटै जिल्ला मात्र होइन देशैभरिमा पहिचान बनाइसकेकाले जित सुनिश्चित छ ।’


सभापतिका अर्का उम्मेदवार कृष्ण यादवले पनि आफ्ना जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘मतदाताको माया स्नेहले आफ्नो जित शतप्रतिशत सुनिश्चित छ ।’ उनले भने, ‘मप्रति मतदाताको प्रतिक्रिया एकदम सकारात्मक छ, सबैले जोश र हौसला मेरो पक्षमा छ ।’

पुर्व उपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइरालाको समर्थन पाएका रामसरोज यादवले पाएका छन् । कृष्ण यादव संस्थापन पक्षक सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् ।

प्यानलसहित उम्मेदवारी दिएका दुवै पक्षबीच सहमतिमा कार्यसमिति चयन गर्न प्रयास गरिएपनि दुवैको अडानले निर्वाचन प्रक्रियामा गएको निर्वाचन समितिले जनाएको ।

देउवा समूहका निर्वाचन संयोजक रमेश रिजालले भने दुवै पक्षलाई हामीले सहमतिमै कार्यसमिति चयन गर्ने प्रयास गरिएको तर सफल हुन नसकेको बताए । उनले भने, ‘एकले अर्कालाई मान्ने स्थिति नरहेको कारण निर्वाचन प्रक्रियामा गएको हो । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन सम्पन्न हुन्छ त्यो ठूलो सफलता हुनेछ ।’

मतदानका ४ वटा बुथ बनाइएको छ । एउटा बुथमा २÷२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको छ । सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको संग संगै बुथ बनाइएको छ ।

सभापति, पदािकारी र सदस्य गरी प्रत्येक बुथमा ३÷३ वटा मत पेटिका राखिएको छ । मतपेटिकाको रूपमा ड्रम प्रयोग गरिएको छ । ६७ पदका लागि १७४ जना उम्मेदवारी दिएका छन् भने १ हजार ९ सय २० मतदाता छन् । ५ जना सदस्य बुधवार नै निर्विरोध भइसकेका छन । निर्वाचन दिउँसो ४ बजेसम्म चल्ने समयावधि तोकिएको छ ।


Author

थप समाचार
x