दल

कांग्रेस महाधिवेशन : प्रदेश २ को अधिवेशन आजदेखि

इकागज |
पुस ६, २०७८ मंगलबार ८:४ बजे

काठमाडौँ - नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । विवादका कारण रोकिएको प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि आजदेखि हुन लागेको हो । कांग्रेसले अन्य प्रदशेमा यसअघि  नै प्रदेशमा अधिवेशन गरिसकेको छ ।

महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस् भनेर स्थगित गरिएको प्रदेश अधिवेशन आज र भोलि हुनेछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको थियो । 
 



Author

थप समाचार
x