दल

आरजु राणालाई लोकप्रिय मत

इकागज |
पुस ५, २०७८ सोमबार २२:२० बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिला खुला केन्द्रीय सदस्यकी उम्मेदवार डा. आरजु राणा लोकप्रिय मतसहित विजयी भएकी छिन् । महिला खुला केन्द्रीय समस्यमा निर्वाचित ९ जनामध्ये डा. डिला संग्रौला, पुष्पा भुषाल र राणा 'टप थ्री'मा छन् । 

सोमबार साँझ सार्वजनिक गरिएको मतपरिणाम अनुसार महिलातर्फ सबैभन्दा बढी मत ल्याएर विजयी भएकी  संग्रौलाले २८८५ मत पाएकी छन् भने दोस्रोमा पुष्पा भुसालले‍‍‍ २७१८ मत पाइन् । 


'ग्लोबल सिटीजन' भनेर चिनिने वरिष्ठ समाजसेवी राणाले‍‍ २५३६ मत पाइन् । उनले पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । राणा संविधान सभा सदस्य पनि हुन् । मतगणनाको सुरुवातदेखि नै लोकप्रिय मतसहित राणाले अग्रता लिइरहेकी लिएकी थिइन् ।

चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको २३३९ मत रहेको छ । ईश्वरी न्यौपाने २२५९ मतसहित पाँचौ स्थानमा रहेकी छन् । छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले २०९६ मत पाएका छन् ।

सातौं स्थानमा रमा कोइरालाले १८५८, आठौंमा रहेकी सुशीला ढकालले १८०४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले १७८९ मत पाएकी छन् ।
 


Author

थप समाचार
x