दल

तत्कालीन माओवादीले 'सफाया' गर्न लागेका आचार्य केन्द्रीय सदस्यमा अटाएनन्

इकागज |
पुस ५, २०७८ सोमबार १२:० बजे

काठमाडौँ - रोल्पा कांग्रेसका नेता मनोजमणि आचार्य कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन् । कांग्रेसमा भर्खरै आएका र गुण्डा नाइकेहरूसमेत खुला ३५ केन्द्रीय सदस्यमा अट्दा आचार्य अटाउनन् सकेनन् । विद्यालयदेखि निरन्तर राजनीतिमा क्रियाशील रहेका आचार्य ३६औं नम्बरमा परेका छन् । उनलाई केन्द्रीय सदस्य हुन् ५८ मत अपुग भएको छ । आचार्य २०४६ सालको बहुदल आएदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । २०४७ मा उनी बालकल्याण माध्यमिक विद्यालयको नेविसंघ इकाइ सभापति भएर राजनीतिक यात्रा सुरु गरेका थिए । 

जुन स्कूलमा कृष्णबहादुर महरा, वर्षमान पुनहरूसमेतले अध्ययन गरेका थिए । २०५० देखि ५७ सम्म आचार्य नेविसंघको रोल्पा जिल्ला अध्यक्ष भए । माओवादी द्वन्द्वको दबदबाका बेला आचार्यले जिल्ला अध्यक्ष भएर काम गर्दा विभिन्न आरोह अवरोहको सामना गर्नुपर्‍यो । तत्कालीन माओवादीको गढ मानिने रोल्पामा  विद्यालयमा नेविसंघ बनाउँदै हिड्दा माओवादीले सफाय गर्ने लिष्टमा उनको नाम पाँचौ नम्बरमा राखेका थिए ।


आचार्यलाई अखिल क्रान्तिकारीले कुट्ने, लखेट्ने गर्दथे । उनी माओवादीजस्तै भूमिगतरूपमा नेविसंघ विस्तारमा लागिपरे । कांग्रेस भएकै कारण त्यो समयमा उनले घर छाड्नुपर्‍यो । सदरमुकाम र काठमाडौँ आएर शरणार्थी भएर बस्न बाध्य भए । उनको घरमा माओवादीले बम आक्रमण समेत गरेको थियो । परिवारमा तनाव दिएर आचार्यको राजनीतिक यात्रा रोक्न समेत खोजेका थिए । तर उनको राजनीतिक यात्रा रोकिएन् । उनी निरन्तर लागिरहे ।

२०५७ सालमा उनी नेविसंघ केन्द्रीय सदस्य भए । आचार्य नेविसंघको उपाध्यक्ष, महामन्त्री र ११ औं महाधिवेशनमा नेविसंघ केन्द्रीय सभापतिको प्रत्यासी भए । आचार्यले रोल्पामा नेविसंघ बनाएका मानिसहरू अहिले रोल्पा कांग्रेसको वडा तहदेखि जिल्ला तहसम्म नेतृत्व गरिराखेका छन् । तर उनी भने केन्द्रीय सदस्यमा पनि  अटाएनन् । 


Author

थप समाचार
x