दल

कांग्रेस महाधिवेशन

खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना ९ बजेदेखि

इकागज |
पुस ५, २०७८ सोमबार ८:२१ बजे

फाइल तस्‍बिर

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। आइतबार साँझ खुला ३५ जना केन्द्रीय सदस्यको  गणना सकिएलगत्तै महिला केन्द्रीय सदस्य (खुला र मधेशी) तर्फको गणना सुरु भएको थियो ।

बिहान ९ बजेपछि पुनः गणना सुरु गरिने निर्वाचन समिति सदस्य सचिव जगन्नाथ श्रेष्‍ठले जानकारी दिए । उनकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो । महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्यका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन समितिले मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्यको मतगणना पनि सुरु गरेको जनाएको छ।



Author

थप समाचार
x