दल

कांग्रेस महाधिवेशन

राति रोकिएको खुला केन्द्रीय सदस्यको मतगणना ९ बजेदेखि, दिउँसो १ बजेसम्म सक्‍ने तयारी

इकागज |
पुस ४, २०७८ आइतबार ८:२९ बजे

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । राति रोकिएको गणना अहिले ९ बजेदेखि पुनः सुरु गरिने  निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। अब केही बेरमै मतगणना सुरु गर्छौँ,' इकागजसँग उनले भने, 'आजै १२/१ बजेसम्म सक्‍नेगरी काम गर्छौँ ।'

शनिबार बिहान ११ बजेदेखि सुरु भएको गणना राति ११ बजे २३ सय ९३ मत गनेर रोकिएको थियो। केन्द्रीय सदस्य खुलातर्फ ३५ सदस्यका लागि भएको निर्वाचनमा ९९ जनाको प्रतिस्पर्धा भएको थियो। मतगणनाको रातिसम्मको विवरण अनुसार  डा शशांक कोइराला १९७१ मत पाएका छन् ।  त्यस्तै दाेस्राेमा एनपी साउदले १५३८ र तेस्राेमा बालकृष्ण खाणले १५०७ मत ल्याएका छन् । खुला केन्द्रीय सदस्य ३५ जनाका लागि ९९ जना चुनावी मैदानमा छन् ।


हामीले यहाँ धेरै मत ल्याउने ४५ जनाकाे विवरण उल्लेख गरेका छाैँ । 

हेर्नुहोस् रातिसम्‍म कसले कति मत ल्याएका थिए  

१) डा.शशांक कोइराला-१९७१

२) एनपी साउद-१५३८

३) बालकृष्ण खाँण-१५०७

४) रमेश लेखक-१४५१

५) उदय शमशेर राणा -१४४५

६) शंकर भण्डारी-१४३७

७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३

८) रामहरि खतिवडा-१३९५

९) अर्जुननरसिंह केसी- १३८३

१०) गोपालमान श्रेष्ठ -१३२३

११) जिप छिरिङ्ग लामा-१३१२

१२) जीतजङ्ग बस्नेत-१२८३

१३) नैनसिंह महर-१२८३

१४) डा.रामशरण महत-१२८१

१५) गोविन्द भट्टराई-१२७७

१६)सुनिलबहादुर थापा-१२४६

१७) बल बहादुर केसी-१२३३

१८) दिलेन्द्र प्रसाद बडू-१२३१

१९) मोहनबहादुर बस्नेत-१२०२

२०) दीपक गिरी-११७४

२१) सुरेन्द्रराज पाण्डे-११५१

२२) कुन्दनराज काफ्ले-११४३

२३) पद्मनारायण चौधरी-११३७

२४) गुरु बराल-१०३६

२५) सञ्जयकुमार गौतम-१००१

२६) गोविन्द राज पोखरेल-९६२

२७) गोपाल दहित-९३१

२८) राजीव ढुंगाना-९३५

२९) कृष्णकिशोर घिमिरे ९२९

३०) दिनेश कोइराला -९२५

३१) वीरेन्द्रकुमार कनौडिया-९१९

३२) ई. मोहन आचार्य-९१३

३३) अजयबाबु शिवाकोटी- ९०९

३४) मदनबहादुर अमात्य- ९०८

३५) उमेशजंग रायमाझी-८९१

३६) गणेश लामा-८८८

३७) मंगलप्रसाद थारु- ८७१

३८) मनोजमणि आचार्य-८५४

३९) केदार कार्की-८१९

४०) यज्ञबहादुर थापा-८००

४१) शम्भुलाल श्रेष्ठ-७९१

४२) हरिप्रसाद नेपाल-७८७

४३) तीर्थराज खनियाँ-७८०

४४) गंगाधर तिवारी-७६२

४५) जनकराज गिरी-७४४


Author

थप समाचार
x