दल

महामन्त्री मतगणना अपडेट : गगनको २६० मत, विश्‍वप्रकाशको १४८

इकागज |
पुस १, २०७८ बिहीबार ११:४० बजे

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्‍म चार सय मतगणना भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार २६० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले १४८ मत ल्याएर पछ्याएका छन् । 


यसैगरी, प्रकाशशरण महतले १२६, प्रदीप पौडेलले १४६, मिनेन्द्र रिजालले ७४ मत ल्याउँदा राजाराम कार्कीले ७ मत पाएका छन् ।

केही समयअघिबाट मतगणना सुरु भएको हो । 


Author

थप समाचार
x