दल

कांग्रेस महामन्त्रीमा थापाको अग्रता, शर्मा पछ्याउँदै

इकागज |
पुस १, २०७८ बिहीबार ११:३२ बजे

गगन थापा । फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ७० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले ३४ मत ल्याएर पछ्याएका छन् । 


यसैगरी, प्रकाशशरण महतले ३१, प्रदीप पौडेलले २७, मिनेन्द्र रिजालले २१ मत ल्याउँदा राजाराम कार्कीले शून्य मत पाएका छन् ।

केही समयअघिबाट मतगणना सुरु भएको हो । 
 


Author

थप समाचार
x