दल

प्रचण्डको ब्रिफिङ - ढाँटछल गरेर एमालेले कांग्रेससँग गठबन्धन गर्‍यो

इकागज |
असार २६, २०८१ बुधबार १७:२० बजे

फाइल फाेटाे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढाँटछल गरेर एमालेले कांग्रेससंग गठबन्धन गरेको बताएका छन् । 

सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेससंग सहमति भएपछि पनि एमाले अध्यक्ष केपी ओलीले आफुसंगको छलफलमा आफ्नो सरकारलाई समर्थन जारी रहने भन्दै ढाँटछल गरेको बताएका हुन् । 


उनले आफुले सदनमा विश्वासको मत लिने र त्यसपछिको अवस्थामा संसदमा सशक्त भूमिका निर्वाह गर्न सवै दलहरुलाई साथमा लिने बताएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गर्दै अन्य दलहरुसंग पनि विश्वासको मतका लागि अपिल गर्ने निर्णय भएको पाण्डेले बताए । 

संविधानको व्यवस्थाअनुसार नै विश्वासको मत लिन लागेकाले त्यसपछिको अवस्थामा पनि संवैधानिक व्यवस्था अनुसार नै सरकार बन्ने उनले बताए । 

उनले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कसरी अघि बढ्ने भन्नेबारे पार्टीले थप रणनीति बनाउने जिकिर गरे । 


Author

थप समाचार
x