दल

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले भने- पार्टीभित्र कुनै वैचारिक मतभेद

इकागज |
जेठ २९, २०८१ मंगलबार १७:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र कुनै वैचारिक मतभेद नरहेको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुने भन्दै कुनै वैचारिक मतभेद नरहेको बताएका हुन् ।


उनले महाधिवेशन पूर्णरूपमा अधिकारसम्पन्न हुने भएकाले नेतृत्वमा पुरानोलाई दोहोर्याउन वा नयाँलाई नेतृत्व दिनसक्ने धारणा राखे । पार्टीलाई उपयुक्त हुने पात्रलाई नेतृत्वमा राख्न महाधिवेशनले उपयुक्त निर्णय गर्ने उनको भनाइ छ । पाण्डेले महाधिवेशन प्रतिनिधि जोसुकैले पनि आफू अध्यक्ष वा कुनै पदको उम्मेदवार भन्न पाउने धारणा राखे ।

त्यस्तै उनले राजदूत परिवर्तन गर्ने विषय नितान्त सरकारको विषय भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । 


Author

थप समाचार
x