दल

राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम हो : प्रमुख सचेतक बर्तौला

इकागज |
जेठ २९, २०८१ मंगलबार १७:१० बजे

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।


विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसका कारण कूटनीतिक क्षेत्रमा कुनै असर नपर्ने  उनले बताए । उनले राष्ट्रिय हित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने  धारणा राखे ।

बर्तौलाले सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने उल्लेख गरे । त्यस्तै उनले प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा छिट्टै सदनमा जानकारी गराउने बताए । 


Author

थप समाचार
x