दल

बजेटमा सुधारका कार्यक्रम देखिएनन् : पूर्व अर्थमन्त्री महत

इकागज |
जेठ १५, २०८१ मंगलबार १९:२८ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेको बजेटबारे कांग्रेसले यसअघि बोले जस्तो नआएको टिप्पणी गरेका छन् ।

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चाहे जस्तो ठूलो बजेट बनाउन नसकेको टिप्पणी गर्दै वास्तविकताभन्दा माथि रहेको बताए ।


महतले सुधारका कार्यक्रम ल्याउने बताउँदै आएको भए पनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्रीले गर्ने भनेका कुराहरू बजेटमा उल्लेख नगरेको बताउँदै अहिले जारी रहेका योजनाबारे समेत मौन रहेको टिप्पणी गरेका छन् । उनले वितरणमुखी कार्यक्रम बजेटमा उल्लेख नगरिएको बताउँदै पूरा बजेट किताब हेरेपछि भन्न सकिने बताए ।

डा. महतले प्याज, आलु र स्याउमा भ्याट हटाउने घोषणा गरेर सिधै झुट बोलेको बताउँदै आफूहरूले भन्सारमा भ्याट लाग्दै आएकोमा अब हटेपछि यी वस्तु कसरी सस्तो हुन्छन् भन्दै प्रश्न गरेका छन् ।


Author

थप समाचार
x