दल

कार्यदलमा अझै जुटेन सहमति, थप छलफल गर्न कांग्रेसले माग्यो समय

'सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा आज बेलुकासम्म सहमति हुनसक्छ'

इकागज |
जेठ ६, २०८१ आइतबार १४:३४ बजे

काठमाडौँ- सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा टुंग्याउन समय लाग्ने जानकारी दिएका हुन् । कार्यदलको बैठक आजै फेरि बस्ने उनले बताए ।


उनले विषयगत, नीतिगत र कानुनी रूपमा कसरी लाभ हुन सक्छ भनेर टुंग्याउन बाँकी भएकाले केही समयपश्चात फेरि बैठक बस्ने बताए ।

उनले भने, ‘मोटामोटी छलफल भएको छ । एकाध विषयमा कांग्रेसको असहमति छन् । कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ । सैद्धान्तिक रूपमा सहमति भए पनि बुँदागत रूपमा आज बेलुकासम्म सहमति हुनसक्छ ।’


Author

थप समाचार
x