दल

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

इकागज |
बैशाख ५, २०८१ बुधबार १९:४९ बजे

काठमाडौँ- उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ ।

सहकारी प्रकरणमा छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसंघले काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुससहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरूले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।


प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए । सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरूलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए ।

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।


Author

थप समाचार
x