दल

नेतृत्वमा बसेकाहरूको सोच र चिन्तन परिवर्तन नभएसम्म संविधान दिगो हुन सक्दैन : राजेन्द्र महतो

इकागज |
बैशाख ५, २०८१ बुधबार १७:५४ बजे

काठमाडौँ- राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेतृत्वमा बसेकाहरूको सोच र चिन्तन परिवर्तन नभएसम्म संविधान दिगो हुन नसक्ने बताएका छन् ।

बुधबार काठमाडौँमा आफ्नै पुस्तक अधुरा क्रान्ति विमोचन कार्यक्रममा महतोले देशमा हरेक १०-१० वर्षमा नयाँ संविधान ल्याउनुपर्ने अवस्था देखिएको भन्दै नेतृत्वमा बसेकाहरूको सोच र चिन्तन परिवर्तन नभएसम्म संविधान दिगो हुन नसक्ने बताएका हुन् ।


अहिलेको संविधान संसारकै राम्रो भन्ने गरिएपछि पूर्ण नभएको उनले बताए । एकल राष्ट्रिय चिन्तनबाट देश अघि बढ्न नसक्ने र सबै जनताले अधिकार प्राप्त गर्न नसक्ने भन्दै उनले बहुल राष्ट्रिय राज्यलाई व्यवहारमा लागू गर्नुपर्ने धारणा राखे ।

बहुल राष्ट्रिय राज्यको शासन व्यवस्थाअनुसार संविधान बनाउनुपर्ने र देश चलाउनुपर्ने उनले बताए । महताले देश सबैको भएकाले सबै जातजाति भाषा संस्कृतिले मान्यता पाउनुपर्नेमा जोड दिए ।

महतोले तत्कालीन अवस्थामा आफ्नो अधिकार माग गर्नका लागि भएको आफूहरूले गरेको आन्दोलनका क्रममा राज्यले गरेको दमनको विरुद्ध नाकाजाम गरेको र त्यसमा भारतको कुनै भूमिका नरहेको जिकिर गरे । 


Author

थप समाचार
x