दल

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने

इकागज |
बैशाख ५, २०८१ बुधबार १५:९ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो ।


य अघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरे पनि उनी विवादित व्यक्ति भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो । सोडारीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा रहेको र विगतमा मन्त्री हुँदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ ।


Author

थप समाचार
x