दल

सुदूरपश्चिममा फेरि लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

इकागज |
बैशाख ५, २०८१ बुधबार १३:६ बजे

धनगढी- मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भए पनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ ।

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो ।


एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ । 

एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरू केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारीबाहेक जो भए पनि आफूहरूलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएको छ ।

एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ । 


Author

थप समाचार
x