दल

दुई/चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

इकागज |
बैशाख ४, २०८१ मंगलबार १२:५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनीतिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउँदै २-४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् ।


'फेरि राजनीतिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो । सधैको अस्थीरता किन र केका लागि ? समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानैपर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुई/चार सिट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ' उनले भने ।


Author

थप समाचार
x