दल

राणाशासन जस्तो बार्दलीबाट न्याय दिने पद्धतिको अन्त्य गर्नुपर्छ : रामहरि खतिवडा

इकागज |
बैशाख २, २०८१ आइतबार १७:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले लाखौँ नागरिक ठगिएको विषयमा कांग्रेसले आवाज उठाउँदा सदन बन्द गर्ने काम भएको बताएका छन् ।

आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सहकारी प्रकरणमा लाखौँ नागरिकलाई ठगी गर्दै अर्बौँ रुपैयाँ हिनामिना भएको विषयमा कांग्रेसले सदनबाट आवाज उठाउँदा सदनलाई नै बन्द गर्ने काम भएको बताएका हुन् ।


सत्तापक्षका नेताहरू बार्दलीमा बसेर निर्णय सुनाउने र तल जनताहरूलाई राख्ने पद्धतिको विकास यो संसदमा हुन नसक्ने उनले जिकिर गरे । उनले राणाशासन जस्तो बार्दलीबाट न्याय दिने पद्धतिको अन्त्य गर्नुपर्ने पनि बताए ।

त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सदनमा प्रतिपक्षीले विरोध गर्न पाउने भएपनि संसद् रोक्न नमिल्ने तर्क गरे । उनले अध्यादेशको बाटोबाट नभइ सकेसम्म सदनबाटै बाँकी रहेका कानुनहरूलाई अघि बढाउने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सदनमा बिजनेस हुँदा पनि साना विषय उठाएर सदन अवरुद्ध गर्नु दु:खद भएको बताए । ​उनले संसदको महत्वपूर्ण कार्यभारलाई नै रोकेर संसद् अवरोध गर्ने कांग्रेसको कदम कानुन निर्माणको चुनौतीको विषय बन्न पुगेको धारणा राखे । 


Author

थप समाचार
x