दल

प्रचण्ड र ओलीबीच भेट, संसद्‍को चालु अधिवेशनबारे छलफल

इकागज |
चैत ३०, २०८० शुक्रबार १४:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।

सिंहदरबारमा भएको भेटका क्रममा संसदको अवरोध, प्रदेशको सत्ता समीकरणलगायतका विषयमा छलफल भएको बताइएको छ । छलफलपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले लगातार संसद् अवरुद्ध गरेकाले अधिवेशनको अन्त्य हुन लागेको बताए ।


उनले अधिवेशन अन्त्य हुने र अर्को नयाँ अधिवेशन हुने नियमित प्रक्रिया भएको जिकिर गरे ।

त्यस्तै छलफलका क्रममा वैशाख १५ गते हुने उपनिर्वाचनका बारेमा पनि छलफल भएको बताइएको छ ।


Author

थप समाचार
x