दल

चिकित्सा शिक्षा जाँचबुझ आयोगले सिफारिस गरेका सबैलाई कारबाही होस् : महामन्त्री थापा

इकागज |
चैत २९, २०८० बिहीबार १७:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री थापाले आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बीचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक भएको बताएका हुन् । 


उनले भनेका छन्, 'आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बीचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ । प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्कलगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ ।'

उनले प्रतिवेदनले आधार र कारण खुलाएरै जस-जसलाई कारबाहीको सिफारिस गरेको छ त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास व्यक्त गर्दै यो सत्प्रयासमा आफूहरूको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको आयोगको प्रतिवेदन बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक गरेकी थिइन् । 


Author

थप समाचार
x