दल

बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्छ : सभापति देउवा

इकागज |
चैत १८, २०८० आइतबार १८:९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा देउवाले अहिले कांग्रेस देशको ठूलो पार्टी भएको भन्दै अब बहुमत ल्याउन सक्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् । समावेशी समानुपातिक निर्वाचन प्रणालीका कारण अहिलेको अवस्थामा कुनै एक पार्टीलाई बहुमत प्राप्त गर्न सहज भने भएको उनले बताए ।


सभापति देउवाले अहिलेको संविधानले महिला लगाएत सबै समूदायलाई समान अधिकार दिएकाले संसारका सबै संविधानमध्ये उत्कृष्ट संविधान रहेको जिकिर गरे । त्यस्तै उनले संविधान अनुसार पार्टीको विधान बनाएको र कांग्रेस पूर्ण रूपमा समावेशी पार्टी रहेको धारणा राखे ।

कार्यक्रममा नेपाली महिला आनेलनमा महिला सशक्तिकरण, राजनैतिक चेतना एवं सामाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x