दल

मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न सकिँदैन : सन्तोष परियार

इकागज |
चैत १८, २०८० आइतबार १५:१९ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका छन् ।

आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरूमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मिथ्या आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका हुन् ।


यस विषयमा प्रधानमन्त्रीले नै संसदमा स्पष्ट पारेको र स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि यस विषयमा स्पष्ट पार्न तयार रहेको उनले बताए ।

मिथ्या आरोपकै भरमा कसैको राजनीतिक सांस्कृतिक अधिकारलाई संकुचित गर्न नहुने उनको भनाइ छ ।

परियारले कांग्रेससँग निरन्तर सम्वादमा बसेर संसदमा भएको विरोधलाई टुङ्गोमा पुर्याउने जिकिर गरे । 


Author

थप समाचार
x