दल

पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न हुन्न : रघुजी पन्त

इकागज |
चैत ७, २०८० बुधबार १४:३७ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका नेता रघुजी पन्तले पूर्वाग्रह र दबाबका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका छन् । 

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले संसदमा प्रतिपक्षीले राखेका बिषयमा सरकारले ध्यान दिनुपर्ने भएपनि विना प्रमाण पूर्वाग्रह र दवावका आधारमा राजीनामा माग्ने काम जिम्मेवार प्रतिपक्षीले गर्न नहुने बताएका हुन् । 


राजीनामा मागेर काम नै गर्न नदिने परिस्थिति सिर्जना गर्न नहुने उनको भनाइ छ । तथ्य आधार, प्रमाणका आधारमा उठाएका आवाजलाई वेवास्ता गर्न नमिल्ने तर प्रतिपक्षीले पनि राजनीतिक आधारहरुलाई पनि हेर्नुपर्ने उनले बताए । 

उनले सरकारले गरिरहेको काम र प्रतिपक्षीले उठाएका बिषयलाई जाँच्ने अन्तिम अदालत जनता भएको धारणा राखे । 


Author

थप समाचार
x