दल

सरकारले भ्रष्टाचारका फाइल खोल्दा आफ्नो अनुहार देखेपछि पछि हट्‌यो : महासचिव पोखरेल

इकागज |
फागुन १८, २०८० शुक्रबार १४:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले वर्तमान सरकार पूर्णरुपमा असक्षम र असफल देखिएको भन्दै गठबन्धन सरकारको कारण व्यवस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको बताएका हुन् ।

उनले सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताए ।


उनले अभियोग लागेका व्यक्तिहरू झण्डा हल्लाउँदै अख्तियारमा धाउने गरेको भन्दै बिभिन्न प्रकरणमा संलग्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले हटाउन नसकेको तर्क गरे ।

सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताए ।


Author

थप समाचार
x