दल

कांग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छ : नेता कोइराला

इकागज |
मंसिर २२, २०८० शुक्रबार १५:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्नु नहुने बताएका छन् । शुक्रबार काठमाडौ‍ँमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरूसँगै गठबन्धन गर्नुपर्ने जिकिर गरे । उनले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने उल्लेख गरे ।


नेता कोइरालाले देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको भनाइ राखे । उनले गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि गर्ने भन्ने कुरामा सोच्न जरुरी रहेको बताए ।

उनले भने, ‘कम्युनिष्टसँग गठबन्धन गरेर अघि जाने हो भने हाम्रो अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ । यो देशकै लागि डरलाग्दो विषय हो । देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस् । नेपाली कांग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हौँ । पपुलिजममा हामी धेरै गइरहेको देख्छु म । सामाजिक सञ्जालहरूमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोकरिझ्याइँका बढी गइरहेका छौँ ।’

नेता कोइरालाले अहिले मानिसहरू लोकरिझ्याइँमा बढी केन्द्रित हुने गरेको बताए ।


Author

थप समाचार
x