दल

एनसेल खरिद बिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटकः सभापति लामिछाने

इकागज |
मंसिर २०, २०८० बुधबार २०:९ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको आरोप लगाएका छन् । 

बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एनसेलमा गैरकानुनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए । उनले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरूको संलग्नता हुने आशंका व्यक्त गरे । उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताए । उनले गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए । उनले कर छली लगायतका विभिन्न गैरकानुनी काममा वृहत् अनुसन्धान गर्नुपर्ने पनि बताए । उनले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिन लायक नभएको बताए । 


उनले भने, ‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरूको संलग्नता हुनसक्छ । त्यहाँ कयौँ कुरा हुनसक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानुनी हो की होइन । गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो । कर छलि गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? वृहत छानबिन शुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुनुपर्छ, कर छली भएको हो भने । अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ । अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिन लायक पनि छैन । सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन ।’

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ । रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरूलाई आज शपथग्रहणसमेत गराएको छ ।  


 


Author

थप समाचार
x