दल

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

इकागज |
मंसिर १८, २०८० सोमबार ७:० बजे

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बस्दैछ ।

आलोकनगर काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ ।


माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशन र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाOएको हो ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अअध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गर्ने बुझिएको छ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाइएको छ । 


Author

थप समाचार
x