दल

एमालेको पदयात्रा आज अमरगढी पुग्ने

इकागज |
मंसिर १५, २०८० शुक्रबार ६:५६ बजे

काठमाडौँ- हिजोबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आज अमरगढी पुग्दैछ ।

हिजो झुलाघाटबाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो । 


अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झण्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए । सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी बैतडी पुगेको हो ।

हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिइएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरूमा आमसभा गर्ने एमालेले जनाएको छ ।


Author

थप समाचार
x