दल

लप्सेफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै विरोध प्रदर्शन

इकागज |
मंसिर १२, २०८० मंगलबार १४:४४ बजे

काठमाडौँ - काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सेफेदी (बोदिनी)मा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले  विरोध प्रदर्शन गरेको छ । 

लप्सेफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा स्थानीयले अघि सारेको मागलाई सम्बोधन गर्नुको साटो स्थानीयहरुलाई नै प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको हो । 


लप्सेफेदीमा सबस्टेसन निर्माण गर्ने बिषयमा विवाद हुँदै आएको छ । त्यस्तै सो पार्टीले एमसीसीको खारेज गर्नुपर्ने, असमान सन्धी सम्झौता खारेज गर्नुपर्ने लगाएतका माग राख्दै नारावाजीसहित प्रदर्शन गरेको हो ।


Author

थप समाचार
x